विमान दुर्घटना
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन
आइतबार, ०१ माघ २०७९, १५ : ३८
काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको मन्त्री पौडेलले बताए ।
आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला र हवाई इन्जिनियर सुनिल थापा सहित ५ जना छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण