समाचार
विमान दुर्घटना : खोजी कार्य रातिलाई स्थगित, बिहानैदेखि सुरु गरिने
आइतबार, ०१ माघ २०७९, २० : २७
काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आज रातिलाई स्थगित गरी सोमबार बिहानैदेखि सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोलि बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले जनाएको हो ।
आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरलाइन्सको ATR 72 विमान अन्दाजी ११ बजे कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो । करिब २०० जनाको सङ्ख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण