क्रिस्टलमाथि चेल्सीको जित
आइतबार, ०१ माघ २०७९, २१ : ५८
एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ६५ औं मिनेटमा हाभर्ट्जले हाकिम जिएचको पासमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् । जितसँगै चेल्सीले १९ खेलमा २८ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा छ ।
आज नै भएको अर्को खेलमा न्युकासल युनाइटेडले फुलहममाथि १–० गोलको जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण