आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

क्रिस्टलमाथि चेल्सीको जित

आइतबार, ०१ माघ २०७९, २१ : ५८
आइतबार, ०१ माघ २०७९

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गरेको हो ।  खेलको ६५ औं मिनेटमा हाभर्ट्जले हाकिम जिएचको पासमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् ।  जितसँगै चेल्सीले १९ खेलमा २८ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा छ ।

आज नै भएको अर्को खेलमा न्युकासल युनाइटेडले फुलहममाथि १–० गोलको जित निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप