अधुरै रह्यो जन्मथलो पोखराको सेवा गर्ने डा. सुशीलको योजना
काठमाडौँ । आइतबार बिहान पोखराको सेती खोचमा काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन–एनएनसी एटीआर विमान दुर्घटनामा पर्यो । सो विमानमा चालक दलका ४ जनासहित ७२ जना यात्रु सवार थिए ।
सेती खोचमा भएको विमान दुर्घटनामा परिवारसहित पोखरा घर गएका राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनीहरूका १० महिने छोराको निधन भयो ।
विमान दुर्घटनामा परेका सर्जन डा. श्रेष्ठ स्थायी घर पोखरा भएकाले चाँडै जन्मथलो पोखरामा फर्केर सेवा गर्ने योजना बुनेका थिए । राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेल भन्छन्, ‘उनले पोखरामा स्पाइलन सर्जरी सेवा दिने योजना सुनाएका थिए । अब काठमाडौँमा धेरै समय बस्दिनँ, दिदी–भिनाजु पनि पोखरामै डाक्टर भई सेवा दिइरहनुभएको छ, अब परिवारसँगै पोखरामै सेवा गर्छु भन्थे ।’
पूर्व निर्देशक डा. पौडेलले श्रेष्ठलाई सम्झँदै भन्छन्, ‘म भन्दा जुनियर थिए । हामी दुवैले पोखराको गण्डकी बोर्डिङबाट स्कुल तहको पठाई पूरा गरेका थियौँ । एउटै क्षेत्रका बासिन्दा, एउटै स्कुलमा पढाइ, एउटै अस्पतालमा सँगसँगै काम, तर आज कहिल्यै नफर्कने गरी हामीलाई छाडेर गए ।’ उनीसँगै श्रीमती र बच्चालाई गुमाउनु परेको यथार्थलाई स्वीकार्नै गाह्रो भइरहेको पूर्व निर्देशक डा. पौडेलले सुनाए ।
विगत तीन वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पुरा गरेका थिए । यस्तै, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए । उनले मेडिकल अफिसरको रूपमा म्याग्दी जिल्लाको दरबाङ स्वास्थ्य चौकीसमेत काम गरेका थिए ।
‘उनको नाम मात्रै सुशील थिएन, व्यवहार र काममा पनि उस्तै थिए । बिरामीको सेवामा जिम्मेवार भई खट्ने एक क्षमतावान् चिकित्सक थिए ।’
नौ वर्षअघि स्थायी जागिरे भएका डा. श्रेष्ठको स्पाइनल सर्जरीमा विशेषज्ञता हासिल गर्न थप अध्ययनका लागि एक महिनापछि विदेश जाने योजना रहेको पनि डा. पौडेलले सुनाए । पौडेलका अनुसार एक महिनाभित्र डा. श्रेष्ठ एक वर्षका लागि अध्ययनका लागि सिंगापुर जाने तयारीमा थिए ।
उनीसँगै दुर्घटनामै ज्यान गुमाएकी उनी श्रीमती डा. सोनाले चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेकी थिइन् । डा. सोनाले पनि विशेषज्ञ चिकित्सकको पढाइ पुरा गरी पोखरामा परिवारसँगै बसेर स्वास्थ्य सेवामा योगदान दिने योजना सुनाएकी थिइन् ।
उता, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर रुद्र मरासिनी भन्छन्, ‘घरमा छुट्टी मनाउन गएका डा. सुशील सबैलाई स्तब्ध बनाई हामी माझ नआउने गरी श्रीमती र नाबालकसहित अस्ताए ।’
मरासिनीका अनुसार डा. सुशीलले दुई दिन ओटी गरी बिदा बस्न चाहेको सुनाएका । उनले भने, ‘उनको नाम मात्रै सुशील थिएन, व्यवहार र काममा पनि उस्तै थिए । बिरामीको सेवामा जिम्मेवार भई खट्ने एक क्षमतावान् चिकित्सक थिए ।’
डा. सुशीलको निधनले परिवारलाई मात्रै नभएर राष्ट्रलाई क्षति पुर्याएको निर्देशक डा. मरासिनी सुनाउँछन् । डा सुशील, डा. सोना र बच्चा चढेको विमान दुर्घटना परेको थाहा पाएदेखि परिवारसँगै रहेका पूर्व निर्देशक डा.पौडेल भन्छन्, ‘जिल्लातिर स्वास्थ्य सेवाका लागि केही गरौँभन्दा सेवाका लागि तयार भइहाल्थे । सायद भगवान्लाई यस्तै राम्रो मान्छे मनपर्ने रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण