चीनको अर्थतन्त्रमा कडा कोभिड नीतिको प्रभाव, २०२२ मा विकास दर तीन प्रतिशत
गत वर्ष चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढ्यो । यो देशको कडा कोरोनाभाइरस नियमहरूले व्यवसायहरूलाई कसरी असर गरेको छ भन्ने सङ्केत हो । आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठुलो अर्थतन्त्र सन् २०२२ मा तीन प्रतिशतको दरले वृद्धि भएको छ ।
यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा निकै कम हो । यद्यपि, धेरै अर्थशास्त्रीहरूले चीनको लागि अझ कम वृद्धि दरको भविष्यवाणी गरेका थिए । गत महिना, चीनले आफ्नो कडा शून्य–कोभिड नीतिमा नरम देखाएको थियो ।
चीनको यो नीतिले देशको आर्थिक गतिविधिमा ठुलो प्रभाव पारेको थियो तर कोभिड नियममा एक्कासि खुकुलो बनाउँदा कोरोनाका केस पनि बढेका थिए । जसका कारण सन् २०२३ को प्रारम्भिक महिनामा विकास दरमा पनि जोखिम बढ्यो ।
गत वर्ष चीनको आर्थिक वृद्धिदर सन् १९७६ यताकै सबैभन्दा कमजोर थियो । अर्थशास्त्रीहरूले विश्वव्यापी अर्थव्यवस्थाको स्थितिलाई मध्यनजर गर्दै हालैको महिनामा चेतावनी दिइसकेका छन् ।
गत हप्ता, विश्व बैङ्कले विश्वव्यापी अर्थतन्त्र ‘चिन्ताजनक रूपमा मन्दीतर्फ गइरहेको’ भनेको थियो ।
यसको पछाडि युक्रेनमा रुसको युद्ध र कोरोना महामारीको प्रभावका साथै थुप्रै अन्य कारणलाई जिम्मेवार बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
-
विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण