शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको अर्थतन्त्रमा कडा कोभिड नीतिको प्रभाव, २०२२ मा विकास दर तीन प्रतिशत

मङ्गलबार, ०३ माघ २०७९, १० : ३७
मङ्गलबार, ०३ माघ २०७९

गत वर्ष चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढ्यो । यो देशको कडा कोरोनाभाइरस नियमहरूले व्यवसायहरूलाई कसरी असर गरेको छ भन्ने सङ्केत हो । आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठुलो अर्थतन्त्र सन् २०२२ मा तीन प्रतिशतको दरले वृद्धि भएको छ ।

यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा निकै कम हो । यद्यपि, धेरै अर्थशास्त्रीहरूले चीनको लागि अझ कम वृद्धि दरको भविष्यवाणी गरेका थिए । गत महिना, चीनले आफ्नो कडा शून्य–कोभिड नीतिमा नरम देखाएको थियो ।

चीनको यो नीतिले देशको आर्थिक गतिविधिमा ठुलो प्रभाव पारेको थियो तर कोभिड नियममा एक्कासि खुकुलो बनाउँदा कोरोनाका केस पनि बढेका थिए । जसका कारण सन् २०२३ को प्रारम्भिक महिनामा विकास दरमा पनि जोखिम बढ्यो ।

गत वर्ष चीनको आर्थिक वृद्धिदर सन् १९७६ यताकै सबैभन्दा कमजोर थियो । अर्थशास्त्रीहरूले विश्वव्यापी अर्थव्यवस्थाको स्थितिलाई मध्यनजर गर्दै हालैको महिनामा चेतावनी दिइसकेका छन् ।

गत हप्ता, विश्व बैङ्कले विश्वव्यापी अर्थतन्त्र ‘चिन्ताजनक रूपमा मन्दीतर्फ गइरहेको’ भनेको थियो ।

यसको पछाडि युक्रेनमा रुसको युद्ध र कोरोना महामारीको प्रभावका साथै थुप्रै अन्य कारणलाई जिम्मेवार बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप