बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुबासँग सुदन किरातीको भावुक संवाद : बुबा म मन्त्री हुने भएँ, त्यसपछि चल्यो रुवावासी

मङ्गलबार, ०३ माघ २०७९, १० : ४८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता सुदन किरातीलाई मन्त्री बनाउने निश्चित भएसँगै बुबासँगको एक संवाद सार्वजनिक गरेका छन् । 

मंगलबार उनले सार्वजनिक गरेको भावुक संवादमा एकापसमा रुवावासी चलेको उल्लेख गरेका छन् । ‘डाँडाको जुन घामजस्तै बुवासँग संवाद’ भन्दै उनले सामाजिक सञ्जलामा बुवाको विगतको संघर्ष, आफ्नो जनयुद्धकालीन यात्रा र मातृ वियोगको कुरा उल्लेख गरेका छन् । 

आजको खुसीको दिन आमा साथै नभएको प्रसंग पनि उल्लेख उनले उल्लेख गरेका छन् ।  ‘म गए पछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ...’, उनले लेखेका छन् । 

विगतमा आफूलाई जेलमा भेट्दा पनि बुबा रोएको स्मरण गर्दै उनले आजको रुवाइको आँशुको मुहान र भाव भने फरक रहेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाबव भने फरक ।’  

माओवादीले किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप