बुबासँग सुदन किरातीको भावुक संवाद : बुबा म मन्त्री हुने भएँ, त्यसपछि चल्यो रुवावासी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता सुदन किरातीलाई मन्त्री बनाउने निश्चित भएसँगै बुबासँगको एक संवाद सार्वजनिक गरेका छन् ।
मंगलबार उनले सार्वजनिक गरेको भावुक संवादमा एकापसमा रुवावासी चलेको उल्लेख गरेका छन् । ‘डाँडाको जुन घामजस्तै बुवासँग संवाद’ भन्दै उनले सामाजिक सञ्जलामा बुवाको विगतको संघर्ष, आफ्नो जनयुद्धकालीन यात्रा र मातृ वियोगको कुरा उल्लेख गरेका छन् ।
आजको खुसीको दिन आमा साथै नभएको प्रसंग पनि उल्लेख उनले उल्लेख गरेका छन् । ‘म गए पछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ...’, उनले लेखेका छन् ।
विगतमा आफूलाई जेलमा भेट्दा पनि बुबा रोएको स्मरण गर्दै उनले आजको रुवाइको आँशुको मुहान र भाव भने फरक रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाबव भने फरक ।’
माओवादीले किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण