बुटवल–भैरहवा नेक्सन ईभी रेन्ज टेस्ट, काठमाडौँको भन्दा उत्कृष्ट रिजल्ट
काठमाडौँ । टाटा मोटर्सको नेक्सन ईभीको बुटवलदेखि भैरहवासम्म रेन्ज टेस्ट सफलतापूर्वक सम्पन्न भएको छ । हालै सम्पन्न नेक्सन ईभीको बुटवलदेखि भैरहवा रेन्ज टेस्टमा अधिकतम ३९७ किलोमिटर प्राप्त गर्न सफल भएको हो । जबकि काठमाडौँमा नेक्सन ईभीको टेस्ट रेन्ज ३४७ किलोमिटर रहेको थियो ।
बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ किमी रेञ्जलाई उछिनेका हुन् । यस्तै ३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोस्रो हुँदा ३७८ किमी रेन्ज निकाल्न सफल सुबोध भट्टराई तेस्रो भएका छन् । ईभी रेन्ज टेस्ट २०२३ कार्यक्रममा सहभागी मध्ये २२ जना भन्दा बढीले ३०० किलोमिटर भन्दा बढीको रेन्ज निकाल्न सफल भएको कम्पनीले जनाएको छ ।
उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको छ ।
रेन्ज टेस्टमा प्रथम हुने सुवास खड्काले सम्मान पत्रसहित प्रमाण पत्र, साथै सामसुङ स्मार्ट एलईडि टिभी प्राप्त गरेका छन् । यसै गरी दोस्रो हुने गोपाल शर्माले सामसुङ ओभेन प्राप्त गरे भने रेन्ज टेस्टमा तेस्रो हुने सुबोध भट्टराईले एयर फ्रायर प्राप्त गरेका छन् ।
वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित टाटा मोटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्सको सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ को आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण