सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकका लागि नेताहरु बालुवाटारमा

मङ्गलबार, ०३ माघ २०७९, १६ : ३२
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकका लागि नेताहरु बालुवाटार पुग्ने क्रम सुरु भएको छ । 

बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक बालुवाटार पुगेका छन् । 

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पनि बालुवाटार पुगेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरु बालुवाटार पुगेको छन् । 

प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप