यो खेलाडी र कलाकारको देश हो, बलात्कार बहाना मात्रै हो : अन्सारी
मङ्गलबार, ०३ माघ २०७९, २० : २५
काठमाडौँ । बालिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहले अदालतबाट सफाइ पाएपछि राष्ट्रिय मानव अधिकारी आयोगकी पूर्व सदस्य मोहना अन्सारीले असन्तुष्टि जनाएकी छन् । उनले अब न्यायको आशा नगरे हुन्छ भन्दै आक्रोशसमेत व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमा अन्सारीले लेखेकी छन्,‘न्यायको आशा नगरे हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएका र देशको नाम उच्च राख्ने खेलाडी र कलाकारको देश हो । बलात्कार त बहाना मात्रै हो ।’
शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मीनबहादुर कुँवरले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण