आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यो खेलाडी र कलाकारको देश हो, बलात्कार बहाना मात्रै हो : अन्सारी

मङ्गलबार, ०३ माघ २०७९, २० : २५
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । बालिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहले अदालतबाट सफाइ पाएपछि राष्ट्रिय मानव अधिकारी आयोगकी पूर्व सदस्य मोहना अन्सारीले असन्तुष्टि जनाएकी छन् । उनले अब न्यायको आशा नगरे हुन्छ भन्दै आक्रोशसमेत व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा अन्सारीले लेखेकी छन्,‘न्यायको आशा नगरे हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएका र देशको नाम उच्च राख्ने खेलाडी र कलाकारको देश हो । बलात्कार त बहाना मात्रै हो ।’ 

शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मीनबहादुर कुँवरले बताएका छन् ।

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप