ट्रेजरी बिल्सको ब्याजदर घट्यो
मंगलवार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।
९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर घटिरहेको छ । गत बिहीवारसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा १२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ६ अर्ब वृद्धि भई ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप वृद्धिसँगै बैंकहरुको निक्षेप–कर्जाको अनुपात (सीडी रेसियो) पनि ८६ दशमलव ५७ प्रतिशतबाट घटेर ८६ दशमलव ४७ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि घटेर ५ दशमलव ९५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण