बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
मिस इको इन्टरनेशनल

‘अन्तर्राष्ट्रिय क्राउन नेपाल ल्याउने मै हुन्छु कि ?’

बुधबार, ०४ माघ २०७९, १० : ५९
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा देखिने सपना कसको पो नहोला ? तर सबैको सपना कहाँ पुरा हुन्छ र ? । रक्षा उप्रेतीको भने त्यो सपना पुरा भएको छ । 

हालै उनले ‘मिस इको इन्टरनेशनल नेपाल’ को उपाधि प्राप्त गरेकी छन् । उपाधिले उनलाई इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२३’ नेपालको प्रतिनिधित्व गर्ने सुअवसर मिलेको छ । 

मिस इकोको ताजले केही वर्षदेखि देश प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्लाटफर्ममा जाने उनको प्रयास सफल भएको छ । ‘मिस इको इन्टरनेशनल’ को ताजले म एकदमै उत्साहित, खुसी छु’ रक्षाले भनिन् ।

सुरुमा रक्षा ‘मिस नेपाल २०१९’ मा सहभागी भएकी थिइन्, जसमा उनी उत्कृष्ट ७ बाटै बाहिरिइन् । त्यसपछि उनले ‘मिस युनिभर्स २०२१’ मा सहभागी भइन् । यसबाट पनि उनको लक्ष्य पुरा भएन । प्रतियोगितामा शीर्ष उपाधि जित्ने लक्ष्य लिएकी उनले सेकेन्ड रनर अपमा चित्त बुझाउनु पर्‍यो । त्यसपछि उनको नजर मिस इकोमा पर्‍यो, जसमा उनी सफल भइन् ।

मिस इको इन्टरनेशनल’को ताजले आफ्नो काँधमा ठूलो जिम्मेवारी आइ परेको फिल उनले गरेकी छन् । किनभने एक ब्यक्तिले पुरै देशको प्रतिनिधित्व अन्तर्राष्ट्रिय प्लेटफममा जो गर्नुपर्छ । प्रफुल्लित मुद्रामा उनले भनिन् ‘यो, उ नभनी भिड्दै आएँ । तेस्रो प्रयासमा बल्ल सफल भयो, निकै खुशी छु ।’ 

उनलाई ‘मिस इको इन्टरनेशनल’को ताज हालै एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले दिएको हो । उनलाई उक्त ताज पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले पहिराएकी थिइन् ।

IMG-5629 (1)

म इन्ट्रोभर्स थिएँ

रक्षालाई सौन्दर्य प्रतियोगिताका विषयमा खास रुचि थिएन । उनको साथी सर्कल र परिवारका कुनै सदस्य पनि या लाइनमा थिएनन् । सानैदेखि उनको हाइट भने आफ्नो उमेरका केटाकेटी भन्दा बढी थियो । त्यो देखेर उनलाई सबैले मिस नेपालमा जाने हाइट छ भनेर जिस्क्याउँथे । ‘कुनै दिन जानुपर्ला,’ उनी पनि ख्याल ख्यालमै जवाफ फर्काउँथिन् । सौन्दर्य प्रतियोगितामा ख्याल ख्यालमै यस्तो लगाव बस्छ र जित्छु भनेर कहिल्यै नसोचेको उनले सुनाइन् ।

रक्षा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल’ नेपालको प्रतिनिधित्व आगामी फेब्रुअरीमा गर्नेछिन् । प्रतियोगिताको तयारीमा जुटिसकेकी उनी देशको कलासंस्कृति र नेपाली जाति चिनाउने लक्ष्य लिएकी छन् । 

त्यसो त उनी अहिले मिडियामा पनि आबद्ध छिन् । इमेज टेलिभिजनमा उनले गत वैशाखबाट ‘म्युजिक अफ योर च्वाइस’ नामक कार्यक्रम नियमित सञ्चालन गर्दै आएकी छन् । 

पहिले रक्षालाई मिडियामा कार्यक्रम गर्न निकै गाह्रो हुन्छ जस्तो लाग्थ्यो । जब सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा भिडिन्, तब मिडियाको बारेमा धेरै बुझ्ने अवसर पाइन् । त्यसपछि मिडियामा काम गर्ने हौसला बढ्यो ।

सानैदेखि मिडियामा रुचि थियो कि ? प्रश्नमा उनले उत्तर फर्काइन्, ‘स्कुलमा म कुनै पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन्नथे । किनभने म इन्ट्रोभर्स खालकी थिएँ । सबैसँग सजिलै घुल्न सक्दिनथें ।’ स्कुलमा कहिलेकाहीँ वादविवाद र निबन्धमा प्रतियोगितामा भन उनी सहभागी हुन्थिन् ।

म त्यो हुन सक्छु 

रक्षा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल’ नेपालको प्रतिनिधित्व आगामी फेब्रुअरीमा गर्नेछिन् । प्रतियोगिताको तयारीमा जुटिसकेकी उनी देशको कलासंस्कृति र नेपाली जाति चिनाउने लक्ष्य लिएकी छन् । 

‘हामी विश्वमा नेपाली भनेर चिनिएको हाम्रो पुर्खाको वलिदान र त्यागले हो,’ उनले भनिन्, ‘नेपाली के हो, किन नेपाली भनिएकोसमेत म त्यहाँ राख्नेछु ।’ देशको प्राकृतिक सौन्दर्य, विभिन्न जातजाति, भाषा संस्कृति पनि आफूले प्रस्तुत गर्ने उनले बताइन् । 

देशको कलासंस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ‘मिस इको इन्टरनेशनल’लाई उनले एउटा महत्वपूर्ण प्लेटफर्म मानेकी छन् । अर्को आफ्नो सपना पुरा गर्ने प्लेटफर्म पनि ।

हुन त विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको सहभागिता पहिलेदेखि नै रहँदै आएको छ । तर अहिलेसम्म शीर्ष उपाधि भने नेपाल नभित्रिएको तीतो यथार्थ हो । यो कुरो उनले पनि मनन् गरेकी छन् । 

मिस नेपाल, मिस युनिभर्स भन्दा उनलाई ‘मिस इको इन्टरनेशनल’ मा उपलब्धि हासिल गर्न केही सजिलो पनि छ । किनभने उनको अध्ययन पनि बायोटेक्नोलोजी हो । यसमा वातावरणीय हिसाबले बोटविरुवाको हेरचाह, उत्पादन, औषधिमूलो लगायत सबै बायोटेक्नोलोजीमै पर्छ । उनी निस्ट कलेजमा मास्टर्स अध्ययनरत छिन् ।

‘मिस इको इन्टरनेशनल’ वातावरण, इको सिस्टमका लागि के राम्रो गर्न सकिन्छ भन्ने थिममा आयोजना हुँदै आएको छ । मेरो अध्ययन पनि प्रतियोगितासँग मेल खाएको छ’ उनले अगाडि थपिन्, ‘सौन्दर्य प्रतियोगितामा धेरै सहभागी हुन्छन् । तर, आफैले पढेको विषयमा कमैले मात्र भाग लिन पाउँछ । त्यो अवसर मैले पाउँदा धेरै एक्साइटेड भएकी छु ।’

हुन त विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको सहभागिता पहिलेदेखि नै रहँदै आएको छ । तर अहिलेसम्म शीर्ष उपाधि भने नेपाल नभित्रिएको तीतो यथार्थ हो । यो कुरो उनले पनि मनन् गरेकी छन् । 

‘इन्डियाकै कुरो गर्ने हो भने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि जित्दा हाम्रो देशमा सुरु भएकै थिएन । त्यो हेर्दा अहिलेको उपलब्धि रामै्र हो,’ उनले भनिन् ‘समाजमा बिस्तारै प्रभाव पार्दैछ । छिट्टै क्राउन नेपाल भित्रिने आस गर्न सकिन्छ ।’ नेपालमा पहिलो अन्तर्राष्ट्रिय क्राउन भित्र्याउने आफू पनि हुन सक्ने उनले सुनाइन् । 

1

फेसनमा सजग

सौन्दर्य र फेसनमा उनको त विशेष लगाव होला । आममानिसले उनको बिषयमा बनाउन धारणा हो यो । सौन्दर्यका लागि पहिरन र अन्य कुरोमा उनी सजग छिन् । तर यसमै मात्र फोकस हुनु पर्नेमा उनी विश्वास गर्दिनन् । 

नर्मल लाइफ मात्रै होइन, कार्यक्रम वा प्रतियोगितामा आफू सामान्य मेकअप र फेसनमा देखिने उनी बताउँछिन् । ‘ परिवर्तित हरेक फेसन फलो गर्नुपर्छ भन्ने छैन । सौन्दर्य उद्योगमा भएकोले जानकारी राख्नुपर्छ’, उनले भनिन् ‘आफूलाई अगाडि ल्याउने र व्यक्तित्वमा सुहाउने फलो गर्छु ।’

फिटनेसको मामलामा भने उनी अलि बढी सजग छिन् । त्यो भन्दैमा उनी जति बेला पनि जिम जाने र वर्क आउट गर्नेमा पर्दिनन् । उनी नियमित योग गर्छिन् । पहिलो चरणको कोरोना कहर अगाडिबाट उनले योग सुरु गरेकी हुन् । इन्टरनेटमा देखेको कारण योगमा उनको इन्ट्रेस्ट बढेको हो ।

‘फिटनेसका लागि योगको अलावा जीम पनि जान्छु । डान्स पनि गर्छु,’ उनले फिटनेसको राज खोलिन्, ‘जीम नियमित छ । साल्सा डान्स हप्ताको तीन पटक । त्यसको अलावा वाक पनि नियमित छ ।’ 

हाँस्ने बानी खराब

सुन्दर अनुहार, आकर्षक शरीर र राम्रो उचाइकी यी सुन्दरीको जीवनको बारेमा बुझाई भने अलि फरक छ । उनी वर्तमानलाई जीवन मान्छिन् । ‘म पहिले भविष्यको चिन्ता गर्थे, सोच्थे । त्यसले वर्तमान खराब गर्दो रहेछ,’ उनले भनिन्, ‘वर्तमानमा जे, जति, जस्तो छ, त्यसमा खुसी भए जीवन राम्रो बित्दो रहेछ ।’ 

यसरी उद्देश्य र लक्ष्यमा भने केही ध्यान दिनुपर्ने बताउने उनको वर्तमानमा खुसी भएर बाँच्न सक्यो भने जीवन सफल हुने धारणा छ ।

हरेक मानिसमा नराम्रो बानी हुन्छ । उनका पनि त्यस्ता केही छन् कि ? 

रिस उठेको बेला एक्लै बस्ने आफ्नो नराम्रो बानी भएको उनी ठान्छिन् । किनभने यस्तो बेला मानिसहरूसँग बोल्न उनलाई मनपर्दैन । उनलाई आफ्नो अर्को खराब बानी धेरै हाँस्ने लाग्छे रे । भन्छिन्, ‘जे कुरोमा पनि मलाई हाँसो उठ्छ । मेरो यो बानीले रिसाउने मानिस झन् रिसाउँछन् ।’

हेर्दा आकर्षक, राम्रो स्माइल भएको र सबैलाई राम्रो व्यवहार गर्ने र महत्त्व दिने उनलाई मनपर्ने रोजाइको केटा हो । त्यसमा जिम्मेवार र निर्दोष पनि हुनुपर्ने उनी बताउँछिन् । उनले एक केटो यस्तै भेटेकी पनि छन् । त्यसैको प्रेममा पनि छिन्  । 

‘म प्रेममा छु । त्यो भन्दा अगाडिको कुरो अहिले नगरम्,’ प्रेमीबारे मैले राखेको जिज्ञासा उनले यसरी टुङ्ग्याइन् । 

फुर्सदको समय भने उनी आर्टिकल पढेर, चित्र बनाएर बिताउँछिन् । खानेकुरामा पनि उनी सौखिन छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप