विमानस्थलबाट युरोसहित २२ जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सरकारले तोकेको भन्दा धेरै युरो बोकेका २२ जनालाई पक्राउ गरेको छ । फ्लाई दुबईमार्फत क्रोएसिया जान लागेका आरोपीहरुलाई अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज एरियाबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
विदेश जाँदा बैंकको छाप लगाएर १५ सयसम्म मात्रै युरो लैजान पाइन्छ । तर, आरोपीहरुको साथबाट प्रहरीले जनही २५ सयदेखि ३ हजारसम्म युरो बरामद गरेको छ । पक्राउ पर्नेहरुमा राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना, महेन्द्र राई, सोनम तामाङ, राजु शाही, मिलन राई, राजु लामा, दशरथ राई, सोमबहादुर केसी, नविन थापामगर, र लोप्साङ तामाङसहित २२ जना छन् ।
सो युरो पदमबहादुर विश्वकर्माले दिएको आरोपीहरुले प्रहरीलाई बताएका छन् । विश्वकर्मालाई पनि पक्राउ गरेर राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा पठाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण