माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति
प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ।
पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ।
माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका) लाई पनि विश्वासको मत दिएको छ। मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।
माओवादी केन्द्रलाई आफूनिकट राख्ने प्रयासमा सक्रिय कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि बुधबार उम्मेदवारी दिएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित प्रतिनिधिसभामा विपक्षी बेन्चमा बसेका दलको समर्थनमा कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ।
झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद देवराज घिमिरेले माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थनमा सभामुखमा उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि कांग्रेसले एमालेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको हो। सभामुख चयनका लागि बिहीबार निर्वाचन हुने कार्यक्रम छ। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण