शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेपछि डा.रुइतलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

बिहीबार, ०५ माघ २०७९, ०९ : ३४
बिहीबार, ०५ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिएका छन् । बिहीबार बिहान ट्वीटरकमार्फत प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा. रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् । राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो । 

संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्तिरसंस्थालाई प्रदान गर्दै आएको छ । बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको बताएका थिए ।

यो अवार्डअन्तर्गत डा.रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर ( १३ करोड ८ लाख नेपाली रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यो अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मान हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप