देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : मन्त्री लिङदेन
काठमाडौँ । उर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए ।
उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ , उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु ।’
मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण