आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

बिहीबार, ०५ माघ २०७९, १३ : ०८
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

जसपा सरकारमा सहभागी नभएका कारण कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप