सहकारीको कार्यक्रममा मदिरा निषेध !
काठमाडौं । अब सहकारी संघ, संस्थाहरुले आफ्ना कुनैपनि कार्यक्रममा मदिरा (जाड, रक्सी) प्रयोग गर्न नपाउने भएका छन् । राष्ट्रिय सहकारी महासंघले बिहीबार ‘सहकारी संस्थागत संस्कार मार्गदर्शन–२०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
मार्गदर्शन अनुसार अब सहकारी संघ, संस्थाहरुले आफ्ना कुनैपनि कार्यक्रमहरुमा जाड रक्सिको प्रयोग गर्न पाउने छैनन् भने कार्यक्रमको उत्घाटन शत्र (शुभकामना, मन्तव्य, भाषण)मा समेत ४५ मिनेट बढी समय लगाउन पाउने छैनन् ।
मागदर्शनमा व्यक्तिगत, संस्थागत व्यवहारका साथै कार्यक्रम र बैठक संचालनका लागि ‘सहकारी संस्कार’ निर्धारण गरिएको छ । सहकारीकर्मीको व्यक्तिगत व्यवहार, बोली बचन, हाउभाउ र व्यवहारमा समेत शिष्टता, शालिनता हुनुपर्ने बताउँदै मागदर्शनले कार्यक्रममा खानेकुरा अनावश्यक खेर नफाल्न समेत सचेत गराएको छ ।
महासंघले सहकारीका संचालक, कर्मचारी तथा सदस्यहरुका लागि व्यक्तिगत आचरणदेखि संस्थागत कार्यक्रम संचालन गर्ने विषयहरु समेटेर यस्तो मापदण्ड तोकेको हो ।महासंघले व्यक्तिगत आचरणमा ११ वटा, कार्यक्रम संस्कारमा १३ वटा, बैठक संस्कारमा १५ वटा र विविध संस्कार तथा आचरण गरी ४ दर्जन बढी नीति नियम बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
-
भूकम्पको एक महिना बित्दा पनि भेनेजुएलामा आफन्तको खोजी जारी, पीडित जवाफ माग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण