अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
सारांश
- दक्षिण कोरियाको केएआईएसटी र अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शरीरमा आफैँ लाग्ने नयाँ कपडा विकास गरेका छन् ।
- एसडब्ल्यूएजी (सेल्फ-वेयरिङ एडाप्टिभ गार्मेन्ट्स) नाम दिइएको यो रोबोटिक कपडाले विशेषगरी वृद्धवृद्धा र शारीरिक रूपमा सीमित क्षमता भएका व्यक्तिहरूलाई कपडा लगाउन सहयोग गर्नेछ ।
- भाइन रोबोट प्रविधिको प्रयोग गरी विकसित गरिएको यो कपडाले केही सेकेन्डमै शरीरमा लाग्ने र यसले दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सोल । दक्षिण कोरियाको कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (केएआईएसटी) र अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मानिसको सहयोगबिनै आफैँ शरीरमा लागिने नयाँ प्रकारको कपडा विकास गरेका छन् ।
स्वचालित कार जस्तै यो रोबोटिक कपडा पनि लगाउने व्यक्तिको शरीरमा आफैँ लाग्ने छ । सेल्फ–वेयरिङ एडाप्टिभ गार्मेन्ट्स (एसडब्ल्यूएजी) नाम दिइएको यो प्रविधिले विशेषगरी वृद्धवृद्धा, अशक्त व्यक्ति तथा शारीरिक रूपमा सीमित क्षमता भएका मानिसहरूलाई सजिलै कपडा लगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यो प्रविधिको मुख्य आधार ‘भाइन रोबोट’ हो । भाइन रोबोटको विकास स्ट्यानफोर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता एलिसन ओकामुराले गरेकी हुन् । बोटबिरुवाको लहरा (भाइन) जस्तै यो कपडा अगाडिको भागबाट विस्तार हुँदै जान्छ । पहिले यसलाई भग्नावशेषभित्र वा मानव शरीरका साँघुरा भागहरूमा पुग्न प्रयोग गरिएको थियो । पछि अनुसन्धानकर्ता किम नाम ग्युनले यही प्रविधिलाई कपडामा प्रयोग गर्ने अवधारणा अघि सारे ।
‘एक दिन म साइकल चलाइरहेको थिए, अचानक पानी पर्न थाल्यो.... मेरो मनमा सोच आयो कि रेनकोट आफैँ शरीरमा लाग्ने भए कति उपयोगी हुन्थ्यो होला,’ उनले भने । त्यसपछि यही विचारलाई आधार बनाएर यस्तो कपडा विकास गरिएको किमले भने । यस प्रविधिमा कपडाभित्र रहेका हावाले चल्ने भाइन रोबोटहरू फुल्दै शरीरको आकारअनुसार विस्तार हुन्छन् । विस्तार हुँदै जाँदा तिनीहरूले कपडालाई भित्रबाट बाहिर फर्काउँदै शरीरभर फैलाउँछन् र केही सेकेन्डमै कपडा लगाइदिन्छन् । प्रयोग गरिएको हावाको चापअनुसार एउटा पूरा पोसाक लगिन करिब १० सेकेन्डसम्म लाग्न सक्छ ।
अनुसन्धान टोलीले यो प्रविधिबाट बाहुला, पाइन्ट र पूरा शरीर ढाक्ने पोसाकलगायत विभिन्न नमुना तयार गरिसकेको छ । हाल कपडाभित्र रहेका रोबोटिक संरचना अझै देखिने भए पनि अनुसन्धानकर्ताहरूका अनुसार यसले कम शारीरिक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवनलाई निकै सहज बनाउन सक्छ । अनुसन्धानकर्ताहरूले कृत्रिम बौद्धिकता (एआई) मात्र सबै समस्याको समाधान नभई यान्त्रिक इन्जिनियरिङबाट पनि मानव जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सकिने उदाहरणका रूपमा सेल्फ–वेयरिङ एडाप्टिभ गार्मेन्ट्स प्रविधिलाई पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण