माइक्रोसफ्टले कटौती गर्यो १० हजार कर्मचारी
काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टले एकै पटक १० हजार कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकासहित विश्वभरको अर्थतन्त्रमा आएको मन्दीलाई कारण देखाउँदै कम्पनीले एकै पटक ठुलो संख्यामा कर्मचारी कटौती गरेको हो ।
यो निर्णयले एकै पटक माइक्रोसफट्को विश्वभर छरिएका ५ प्रतिशत कर्मचारी प्रत्यक्ष प्रभावित बन्नेछन् । यस्तै, कम्पनीको व्यापारमा १.२ बिलियन अमेरिकी डलरको प्रभाव पर्नेछ ।
माइक्रोसफट्का प्रमुख कार्यकारी अधिकारी सत्या नाडेलाले कोरोनाको समयमा धेरै मानिसले प्रविधिमा खर्च बढाएपनि यतिबेला खर्च कटौती गर्न खोजिरहेका छन् । यहीकारण, कम्पनीको व्यापारमा गिरावट आउँदा १० हजार कर्मचारीले रोजगार गुमाउने भएका हुन् ।
यद्यपि, बजारको आवश्यकताअनुसार माइक्रोसफ्टले नयाँ कर्मचारी हायर गरिरहेन नाडेलले बताए । उनका अनुसार यतिबेला धेरै क्षेत्रमा मन्दी छाइरहेको छ र प्रविधिको क्षेत्रमा पनि एआईको व्यापक प्रयोग बढेको छ ।
फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्सको क्षत्रमा अर्बौ डलरको लगानी गरिरहेको छ । ओपन एआईले बनाएको च्याट जीपीटीका धेरै लगानीकर्तामध्ये माइक्रोसफ्ट पनि एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण