सडक स्तरवृद्धि र खाद्य डिपोको विषयमा ध्यानाकर्षण
जुम्ला । पातारासी गाउँपालिकाले जुम्लादेखि पातारासी र रारा जोड्ने सडक स्तरवृद्धिसहित माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।
पातारासी गाउँपालिकाले त्यो क्षेत्रमा सडक दुर्घटना बढेकाले सडकको स्तरवृद्धि, कडा ट्राफिक व्यवस्थापन तथा डिल्लीचौरको लासीमा चामल र नुनको डिपोका विषयमा ध्यानाकर्षण गराएको हो ।
उपाध्यक्ष जनमाया रोकाया सहित वडाध्यक्षहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई भेटेर ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला पातारासी सडकको विषयमा अनुगमन गरिने बताए । उनले ट्राफिक व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने र नुन, चामलको डिपोका विषयमा केन्द्रमा पहल गर्ने जनाए ।
गाउँपालिकाले बुझाएको ध्यानाकर्षणपत्रमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जुम्लाका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई ध्यानाकर्षण गराइएको छ ।
विगत दशौं वर्षदेखि यहाँको सडकको स्तरवृद्धि हुन नसक्दा दर्जनौं सवारी साधन दुर्घटना र दर्जनौं मानिसले अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण