निहारिका र शिवराजबीच सम्बन्ध सुधारको संकेत, छोरोको फोटो पोष्ट गर्दै श्रेष्ठले लेखे– ‘माइ हिरो’
काठमाडौँ । बलात्कारको अभियोगमा उच्च अदालत जनकपुरमा मुद्दा खेपिरहेका शिवराज श्रेष्ठले छोराको फोटो फेसबुकमा पोष्ट गर्दै ‘माइ हिरो’ लेखेका छन् । बिहीबार साँझ ९ः०६ बजे सामाजिक सञ्जालमा एक बालकको फोटो पोष्ट गर्दै शिवराजले माइ हिरो लेखेका हुन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमा पोष्ट गरिएको फोटो शिवराजमाथि जबर्जस्ती करणीको आरोप लगाउने निहारिका राजपुतबाट जायजन्म भएको बालकको तस्वीर हो । ढाकाको टोपीमा सजिएका बालकको तस्वीर पोष्ट गर्दै शिवराजले लेखेका छन्, ‘माइ हिरो : भियान श्रेष्ठ राजपुत’ । त्यसपछि शिवराजले लभ साइनको इमोजी समेत पोष्ट गरेका छन् ।
स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आरोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ ।
उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेखेका हुन् । साथमा छोराको नाम भियान श्रेष्ठ राजपुत भनी उल्लेख गरेका छन् । उक्त फोटो शिवराजले कहाँबाट कसरी प्राप्त गरे केही बताएका छैनन् ।

शिवराजले राखेको बालकको फोटो सेयर गर्दै निहारिकाले लेखिन्– ‘मेरो बाबु हो’
आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपुतले प्रतिवादी शिवराज श्रेष्ठले फेसबुकमा पोष्ट गरेको बालकको फोटोसहितको स्टाटस सेयर गरेकी छिन् । बिहीबार राती शिवराजले गरेको बालकको तस्वीर सहितको पोष्ट रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’
बलात्कारको अभियोगमा उच्च अदालत जनकपुरमा मुद्दा खेपिरहेका शिवराज श्रेष्ठले एक बालकको फोटो फेसबुकमा पोष्ट गर्दै ‘माइ हिरो’ लेखेका थिए । बिहीबार साँझ ९ः ०६ बजे सामाजिक सञ्जालमा एक बालकको फोटो पोष्ट गर्दै ‘माइ हिरो : भियान श्रेष्ठ राजपुत’ भनी लेखेका थिए । साथमा शिवराजले लभ साइनको इमोजीसमेत राखेका थिए ।
त्यसको करिब एक घण्टापछि निहारिका राजपुतले शिवराजको उक्त पोष्टलाई रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’ स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आरोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ ।
उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ एकाएक बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेख्नु र निहारिकाले शिवराजको स्टाटस सेयर गर्दै मेरो बाबु हो लेख्नुले निहारिका र शिवराजबीचको सम्बन्धमा सुधार आएको आंकलन गरिएको छ । यस विषयमा कुराकानी गर्न खोज्दा शिवराजको फोन उठेन भने निहारिकाले ‘उक्त बाबु मेरो बाबु हो, मैले त्यही लेखेको हो’ भन्ने जवाफ दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण