आलोकश्री र दीपाको ‘झिलमिल सितारा’ सार्वजनिक
काठमाडौँ । विशिष्ट सङ्गीतकार आलोश्रीको सङ्गीत रहेको एल्बम ‘झिलिमिली सितारा’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच एल्बम वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, गीतकार तथा पूर्व मन्त्री एसपी कोइराला, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका दीपा झा लगायतले संयुक्त सार्वजनिक गरे ।
एल्बमका सबै गीत गायिका दीपानारयण झाले गायकी छन् । झा यो गीत मार्फत पुन नेपाली सांगीतिक दुनियाँमा कबब्याक गरेकी हुन् । गीत सार्वजनिकका लागि उनी नेपाल आएकी छन् । एल्बममा ८ गीत समावेश छ ।
एसपी कोइराला, मुकुन्दराज शर्मा, आलोकश्री, तिर्थ श्रेष्ठ , नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रहेको एल्बमका ८ गीत मध्य दुई गीत उनले श्रीमान् उदितनारायण झा र एउटा गीत छोरा आदित्य नारायणसँंग युगल गायन गरेकी छन् ।
एल्बममा रहेको गीत मध्य ‘हे माया’ को भिडियो समेत बनेको छ । कार्यक्रममा उक्त गीतको भिडियो समेत देखाइएको थियो । भिडियो पनि सङ्गीतकार आलोकश्रीले निर्देशन गरेका हुन् । जसमा सुरज गराज र अस्मिता पन्त मोडलको रूपमा देखिएका छन् ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, गीतकार तथा पूर्व मन्त्री एसपी कोइराला, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, सङ्गीतकार आलोकश्री लगायतले गायिका दीपाको गायनको चर्चा गरेका थिए ।
कार्यक्रममा गायिका दीपाले आफ्नो र पति उदितनारायणको गायन मार्फत सङ्कलित रोयल्टी म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा मार्फत प्राप्त गरेकी थिइन् । कार्यक्रममा गायिका दीपाले एल्बमको केही गीत प्रत्यक्ष गाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण