आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुवेक्षाले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

शुक्रबार, ०६ माघ २०७९, ०९ : ००
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेसनल २०१२’की  विजेता सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी आश्वासन जोशीसँग बिहीबार एक समारोहकाबीच इन्गेजमेन्ट गरेकी हुन् । दुबै परिवारको सीमित व्यक्तिको उपस्थिति रहेको समारोहमा दुवैले एकअर्काेलाई औँठी लगाइदिँदै विवाहको वाचा समेत गरे ।

गत महिना मात्र आश्वासनले आफ्नो जन्मदिनमा उनलाई फिल्मी शैलीमा हिराको औँठी उपहार दिँदै विवाहको प्रस्ताव गरेका थिए । उनले पनि विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् । उनीहरूको विवाह कहिले र कहाँ भन्ने बाहिर आएको छैन । यसै वर्ष भित्र विवाह गर्ने योजना भने उनीहरू दुवैको रहेको आफन्तले बताएका छन् । 

सुवेक्षा फिल्मकी अभिनेत्री पनि हुन् । उनले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रूपमा फिल्म डेब्यू गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘प्रेमा’मा काम गरेकी छन् । प्रेमकथामा बनेको ‘प्रेमा’को आगामी ४ चैतमा प्रदर्शन मिति तय भएको छ । उनी अभिनय भन्दा पनि बढी स्टेज कार्यक्रम होस्टको रूपमा व्यस्त छिन् । उनी ‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१७’की विजेता पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप