सुवेक्षाले गरिन् प्रेमीसँग इन्गेजमेन्ट
काठमाडौँ । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेसनल २०१२’की विजेता सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी आश्वासन जोशीसँग बिहीबार एक समारोहकाबीच इन्गेजमेन्ट गरेकी हुन् । दुबै परिवारको सीमित व्यक्तिको उपस्थिति रहेको समारोहमा दुवैले एकअर्काेलाई औँठी लगाइदिँदै विवाहको वाचा समेत गरे ।
गत महिना मात्र आश्वासनले आफ्नो जन्मदिनमा उनलाई फिल्मी शैलीमा हिराको औँठी उपहार दिँदै विवाहको प्रस्ताव गरेका थिए । उनले पनि विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् । उनीहरूको विवाह कहिले र कहाँ भन्ने बाहिर आएको छैन । यसै वर्ष भित्र विवाह गर्ने योजना भने उनीहरू दुवैको रहेको आफन्तले बताएका छन् ।
सुवेक्षा फिल्मकी अभिनेत्री पनि हुन् । उनले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रूपमा फिल्म डेब्यू गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘प्रेमा’मा काम गरेकी छन् । प्रेमकथामा बनेको ‘प्रेमा’को आगामी ४ चैतमा प्रदर्शन मिति तय भएको छ । उनी अभिनय भन्दा पनि बढी स्टेज कार्यक्रम होस्टको रूपमा व्यस्त छिन् । उनी ‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१७’की विजेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण