सभामुखमा घिमिरेको शपथग्रहण आज, आजै पदबहाली गर्ने
शुक्रबार, ०६ माघ २०७९, ०९ : ३६
काठमाडौँ । सभामुखमा देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनले शपथ लिने कार्यक्रम तय भएको छ ।
शपथग्रहण लगत्तै उनले लैनचौर स्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनले आजै मध्यान्ह १२ः३० मा पद बहाली गर्नेछन् ।
बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको साथमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण