शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना

शनिबार, ०७ माघ २०७९, ०६ : १९
शनिबार, ०७ माघ २०७९

वासिङ्टन । बिहीबार अमेरिकाका एक जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० लाख डलर जरिवाना तिर्नुपर्ने आदेश दिएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७ करोड डलरक्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले हिलारी र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई 'व्यर्थ' करार गरेको हो ।

डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा र ट्रम्पको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाउँदैमुद्दा दायर गरेका थिए । ट्रम्पले यसका लागि ७ करोड डलर क्षतिपूर्ति मागेका थिए।

तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो र एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो । यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपीलमा आएको हो । आफ्नो आदेशमा न्यायाधीशले ट्रम्प न्यायिक प्रक्रियाको दुरुपयोगको मास्टरमाइन्ड रहेको र मुद्दाको कुनै योग्यता नभएको र यसको पछाडि राजनीतिक उद्देश्य रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप