डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना
वासिङ्टन । बिहीबार अमेरिकाका एक जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० लाख डलर जरिवाना तिर्नुपर्ने आदेश दिएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७ करोड डलरक्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले हिलारी र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई 'व्यर्थ' करार गरेको हो ।
डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा र ट्रम्पको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाउँदैमुद्दा दायर गरेका थिए । ट्रम्पले यसका लागि ७ करोड डलर क्षतिपूर्ति मागेका थिए।
तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो र एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो । यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपीलमा आएको हो । आफ्नो आदेशमा न्यायाधीशले ट्रम्प न्यायिक प्रक्रियाको दुरुपयोगको मास्टरमाइन्ड रहेको र मुद्दाको कुनै योग्यता नभएको र यसको पछाडि राजनीतिक उद्देश्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण