सभामुख र उपसभामुखले पार्टीगत रूपमा काम गर्नुहुँदैन : सांसद श्रेष्ठ
काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसद्को काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउन सक्छ, सभामुखज्यू तपाई कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न । पुराना सभासद्को नाम पनि बिर्सिसकेँ । तर फर्केर हेर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरू कसैले भूमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो, सभामुख र उपसभामुख सिङ्गो हलको रेफ्री हो । दायाँ र बायाँको बीचको आसन हो । त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस् । सिधा नजर लगाउनुस् । दुई वटा आँखा दुईतिर लगाउनुस् ।’ सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण