शीर्ष स्थानमा रहेको नापोलीलाई १२ अंकको अग्रता
आइतबार, ०८ माघ २०७९, ०८ : ५६
काठमाडाैँ । नापोलीले इटालियन सिरी ‘ए’ फुटबलमा १२ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो ।
नापोलीको जितमा जियोभानी डी लोरेन्जो र भिक्टर ओसीम्हेनले एक एक गोल गरे । पहिलो ह्फ्को इन्जुरी समयमा लोरेन्जोले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २–० को जित दिलाए ।
जितसँगै नापोलीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । नापोलीले १९ खेलमा ५० अंक जोडेको छ । सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
क्यानडाको उत्कृष्ट पुनरागमन: रोमाञ्चक बराबरीमा क्यानडा र बोस्निया
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण