बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा रहेको नापोलीलाई १२ अंकको अग्रता

आइतबार, ०८ माघ २०७९, ०८ : ५६
आइतबार, ०८ माघ २०७९

काठमाडाैँ । नापोलीले इटालियन सिरी ‘ए’ फुटबलमा १२ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो । 

नापोलीको जितमा जियोभानी डी लोरेन्जो र भिक्टर ओसीम्हेनले एक एक गोल गरे । पहिलो ह्फ्को इन्जुरी समयमा लोरेन्जोले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २–० को जित दिलाए ।

जितसँगै नापोलीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । नापोलीले १९ खेलमा ५० अंक जोडेको छ ।  सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप