शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख को हुन् भनेर प्रश्न सोध्ने असमका मुख्यमन्त्रीलाई खानले बिहानै २ बजे फोन गरेर के भने ?

आइतबार, ०८ माघ २०७९, १३ : २०
आइतबार, ०८ माघ २०७९

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् ।

उनले ट्वीटरमा बलिउडका किङ खान भनिने शाहरुखले आफूलाई राती दुई बजे फोन गरेको जानकारी दिए ।

हिमन्त विश्व शर्माले ट्वीटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री शाहरुख खानले मलाई फोन गरे र आज बिहान २ बजे हामीबीच कुराकानी भयो । उनले गुवाहाटीमा फिल्मको स्क्रिनिङका क्रममा भएको घटनाप्रति चिन्ता व्यक्त गरे । मैले उनलाई आश्वासन दिएको छु । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी राज्य सरकारको हो, हामी त्यसलाई हेरेर यस्तो अप्रिय घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्नेछौँ ।’

शनिबार गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको बिरूद्ध हिंसात्मक प्रदर्शन गरेको बारे मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई सोध्दा उनले भने, ‘शाहरुख खान को हुन् ? मलाई उनको बारे न नै उनको फिल्म पठान बारे केही थाहा छ ।’

शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा चलचित्र प्रदर्शन हुन लागेको नारंगी थिएटरमा तोडफोड गरेका थिए । कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले भनेका थिए, ‘खानले मलाई फोन गरेका छैनन् । यद्यपि, बलिउडका धेरै मानिसले समस्याको सम्बन्धमा यस्तो गर्छन् । यदि उनी (शाहरुख खान)ले फोन गर्छन् भने म यो घटनालाई हेर्नेछु । यदि कानुन र व्यवस्थाको उल्लंघन गरिएको छ भने मुद्दा दर्ता गरेर कारवाही गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप