भारतमा समेत चल्ने एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा ल्याउँदै माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंकले एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा ल्याउने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी र माछापुच्छ्रे« बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको हो ।
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।
योसँगै अब माछापुच्छ्रे« बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने भएका छन् । एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकहरुले नेपाल तथा भारतभित्रका जुनकुनै एटीएम, पोस, ई–कमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे« बैंकबीचको प्रविधि सहकार्यले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण