बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा समेत चल्ने एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा ल्याउँदै माछापुच्छ्रे  बैंक

सोमबार, ०९ माघ २०७९, १४ : १२
सोमबार, ०९ माघ २०७९

काठमाडौं । माछापुच्छ्रे बैंकले एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा ल्याउने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी र माछापुच्छ्रे« बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

योसँगै अब माछापुच्छ्रे« बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने भएका छन् । एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकहरुले नेपाल तथा भारतभित्रका जुनकुनै एटीएम, पोस, ई–कमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे« बैंकबीचको प्रविधि सहकार्यले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप