एसएमई क्षेत्रको विकास गर्न आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्न सके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् ।
सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै ढकालले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमई क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे ।
उनले भने, ‘निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन । वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसाबमा काम भएको छ । तरलता र इन्ट्रेस्ट घट्ने कुराहरू भनौँ सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रूपमा काम भइरहेको छ । मन्त्रीज्यूले निजी क्षेत्रलाई हेर्ने र सुधार गर्ने कामहरूलाई ध्यान दिनुहुनेछ ।’
ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरू विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण