आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियनलाई जिताउन जसपाको परिपत्र

सोमबार, ०९ माघ २०७९, २० : १९
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न क्याम्पसहरूमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई आवश्यक पहल, अभियान र सहयोग गर्न गराउन मातहतका समितिहरूलाई जनता समाजवादी पार्टी, नेपालले परिपत्र जारी गरेको छ ।  

सोमबार जारी परिपत्रमा  निर्वाचनको लागि जनता समाजवादी पार्टीसँग आबद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र चुनाव जिताउनको लागि पार्टीको नगर, महानगर, जिल्ला र प्रदेश समितिले विद्यार्थी चुनाव सम्बन्धी विशेष योजना र कार्यक्रम तय गरी समाजवादी विद्यार्थी युनियनसँग समन्वय गरी व्यापक रूपमा अभियान नै सञ्चालन गर्नुपर्ने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप