१३ प्रतिशतको ब्याजदर स्वभाविक हो : बैंकर्स संघ
काठमाडौं । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर वृद्धि प्रतिको बजारको धारणमा चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै संघका अध्यक्ष सुनिल केसीले अहिलेको बजारस्थिति बैंकको लगानी, निक्षेपमा प्रदान गरेको ब्याजदर र अन्य खर्चलाई हेर्दा कर्जाको ब्याजदर १२–१३ प्रतिशत स्वभाविक भएको बताए ।
‘निक्षेपको ब्याजदर घट्दा पनि बैंकहरुले कर्जाको ब्याजदर बढाए भनेर बजारमा हल्ला गरिएको छ । अहिलेको स्थितिमा १२–१३ प्रतिशतको ब्याजदर त्यति महँगो होइन’ अध्यक्ष केसीले भने, 'आधारदर (बेसरेट) बढ्दा पनि कर्जाको ब्याजदर १३ प्रतिशतमाथि जाँदैन ।’
अहिलेकै अवस्थामा पनि बैंकहरुले निक्षेपमा ११ प्रतिशत माथिको ब्याजदर प्रदान गरिरहेको अवस्थामा कर्जामा १३ प्रतिशत स्वभाविक नै हुने उनको भनाइ छ ।
कोभिड–१९ सुरु हुने केही समयअघिसम्म बैंकको सरदर ब्याजदर ११.६५ प्रतिशत रहेकोमा पछिल्लो समयको आर्थिक स्थिति, बजार महँगी लगायतका बाबजुदपनि १२–१३ प्रतिशतको ब्याजदरलाई स्वभाविक नै मान्नुपर्ने उनले बताए ।
तर, यता बजारमा ब्याजदरलाई नै लिएर उद्योगी व्यवसायीहरु आन्दोलित भइरहेको अवस्थामा सरकारले समेत ब्याजदर घट्ने बताइरहँदा बैंकहरुले भने ब्याजदर वृद्धिको बाटो लिँदा समस्या देखिएको छ ।
बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक,मंसिर र पुस) लाई आधार मानेर आधारदरमा १ प्रतिशतसम्मले वृद्धि गर्ने तयारी गरेका छन् । तर यता बैंकहरुले माघ १ गतेदेखि नै लागू हुने गरी निक्षेपको ब्याजदर भने १० प्रतिशतले घटाइसकेका छन् ।
यस्तै, हालैमात्र बैंकहरुको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक भएकोमा ३० अर्ब रुपैयाँ हारहारीको नाफालाई समेत अस्वभाविक जसरी प्रचार गरिएको भन्दै बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय बैंकहरुको लगानी जोखिममा पर्दा नाफाको अधिक प्रतिशत प्रोभिजन (जोखिम व्यवस्था) गर्दा नाफा घट्न पुगेका अध्यक्ष केसीको भनाइ छ ।
हाल बैंकहरुको खराब कर्जाको दर २.२९ प्रतिशत पुगेको छ । केही समय अघिसम्म जम्मा १.५ प्रतिशत हाराहारी रहेको खराब कर्जा (एनपीएल) अस्वभाविक रुपमा बढ्नुले बैंकहरुमाथि जोखिम बढेको संघले बताएको छ । यद्यपि, अहिले पनि दक्षिण एसियाका अधिकांश मुलुकहरू भन्दा नेपालको खराब कर्जाको स्थिति न्यून नै रहेकाले नेपाली बैंकहरु सन्तुलनमा नै रहेको अध्यक्ष केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण