शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा बोल्न दिइएको समयबारे सिके राउतको आपत्ति

मङ्गलबार, १० माघ २०७९, १९ : ४०
मङ्गलबार, १० माघ २०७९

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले बोल्न दिइएको समयबारे आपत्ति जनाएका छन् । ठूला दलका सांसदलाई बढी समय र साना दलका सांसदलाई कम समय बोल्न दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

‘संसदमा धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो ?,’ उनले भने, ‘एउटै क्रियाको लागि फरक समय ? त्यसो भए ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया वा बाथरुम जान पनि ९० मिनेट र एक सिट भएको पार्टी वा स्वतन्त्र सांसदलाई १ मिनेट छुट्याउनुपर्ने हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप