अमेरिकाको ल्होसार कार्यक्रममा महादेवले हँसाए, मिलनले नचाए
अमेरिका । चर्चित हास्य कलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हँसाएका छन् । ल्होसारको अवसर पारेर तामाङ समाज अमेरिकाको विनीता तामाङद्वारा अस्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होसार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उनले कमेडीका विभिन्न प्रस्तुति मार्फत दर्शक रिझाएका हुन् । उनका हरेक कमेडीमा दर्शक पेट मिचिमिची हाँस्न बाध्य भएका थिए ।
नेपाली जादुगरको रूपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा हास्य ब्याङ्ग्याका अलवा जादु, डान्स र लेडिज गेम समेत प्रस्तुत गरे ।
कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले पोखरा फेवाताल, देउडा लगायत आधा दर्जन चर्चित गीत राखे । गायक लामाको प्रत्येक गीतमा दर्शक झुमेर नाच्दै वान्स मोरको हुटिङ समेत गरेका थिए । अमेरिका निवासी केही गायक गायिकाको समेत सांगीतिक प्रस्तुतिको अलवा तामाङ सेलोमा आकर्षक नृत्यहरु समेत कार्यक्रममा रहेको थियो ।
अमेरिकामा नेपाली कला संस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उद्देश्यले कार्यक्रम गरिएको आयोजक तामाङ समाज अमेरिकाको अध्यक्ष विनीता तामाङले बताइन् । विनीताले यस अगाडी पनि नेपाल चाडपर्वको अवसर पारेर अमेरिकामा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकी छन् ।

कलाकार महादेव त्रिपाठी करिब दुई दर्जन कार्यक्रमको उदेश्य सहित केही महिना अगाडि अमेरिका पुगेका थिए । अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम उनले गरिसकेका छन् । अझै अमेरिकाको विभिन्न शहरमा आफ्नो कार्यक्रम रहेको त्रिपाठीले बताए ।
त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको विभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उनको अमेरिका कार्यक्रमको उदेश्य रहेको छ । कलाकार त्रिपाठी अमेरिकाको विभिन्न ठाउँमा सम्मानित समेत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण