लुम्बिनी जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने
बुधबार, ११ माघ २०७९, १० : ५९
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार गत वर्षको नाफाबाट कम्पनीले ६.९९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीको २६२ औँ सञ्चालक समितिले गरेको प्रस्तावअनुसार कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट पारित हुनुपर्ने छ ।
लुम्बिनीले गत आर्थिक वर्ष आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गरेको थियो । ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
कम्पनीले गत वर्षको तुलनामा यो वर्ष बोनस सेयरको सीमा बढाएको छ । तर, समग्रमा लाभांश ३ प्रतिशतले घटेर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण