शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने

बुधबार, ११ माघ २०७९, १० : ५९
बुधबार, ११ माघ २०७९

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार गत वर्षको नाफाबाट कम्पनीले ६.९९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीको २६२ औँ सञ्चालक समितिले गरेको प्रस्तावअनुसार कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट पारित हुनुपर्ने छ ।

लुम्बिनीले गत आर्थिक वर्ष आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गरेको थियो । ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

कम्पनीले गत वर्षको तुलनामा यो वर्ष बोनस सेयरको सीमा बढाएको छ । तर, समग्रमा लाभांश ३ प्रतिशतले घटेर आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप