आत्मदाह गरेका प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग
काठमाडौँ । मंगलबार संसद भवन अगाडि आत्मदाह गर्ने इलामको सुर्योदय नगरपालिका वडा नम्बर ११ का प्रेमप्रसाद आचार्यलाई सहित घोषणा गर्न आचार्य बन्धु समाज–नेपालले माग गरेको छ । समाजका महासचिव बाबुराम आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
‘सचेत र शिक्षित नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि बुधबार देशको केन्द्रीय राजानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘देशका लागि बलिदानी दिएका हजारौं सहीदभन्दा प्रेम आचार्यको योगदान कमी छैन ।’
विज्ञप्तिमा आचार्यको परिवारमा आएको सबै ऋण राज्यले तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने माग पनि गरेको छ । यस्तै आचार्य समाजले मृतकका परिवारलाई रुपैयाँ एक लाख सहयोग गर्ने निर्णय गरेको पनि जनाएको छ । आचार्यको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण