मधेस प्रदेशका प्रदेश सभा सदस्यले लिए शपथ
बुधबार, ११ माघ २०७९, १२ : ४१
धनुषा । मधेस प्रदेशका प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का मोहम्मद रजी हैदर र माला कुमारी कर्णले आज शपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका उनी दुई जनाको विषयमा क्लस्टर विवाद उत्पन्न भएको थियो र सो विवाद सर्वोच्च अदालतसम्म पुगेको कारण निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएका थिएन ।
निर्वाचन आयोगले प्रमाणपत्र नदिएको कारण उनीहरूको शपथ रोकिएको थियो । सर्वोच्चको आदेशपछि उनीहरूको शपथ भएको हो ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादव, उप सभामुख बबीता राउत ईशर लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण