मधेस प्रदेशका प्रदेश सभा सदस्यले लिए शपथ
बुधबार, ११ माघ २०७९, १२ : ४१

धनुषा । मधेस प्रदेशका प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का मोहम्मद रजी हैदर र माला कुमारी कर्णले आज शपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका उनी दुई जनाको विषयमा क्लस्टर विवाद उत्पन्न भएको थियो र सो विवाद सर्वोच्च अदालतसम्म पुगेको कारण निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएका थिएन ।
निर्वाचन आयोगले प्रमाणपत्र नदिएको कारण उनीहरूको शपथ रोकिएको थियो । सर्वोच्चको आदेशपछि उनीहरूको शपथ भएको हो ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादव, उप सभामुख बबीता राउत ईशर लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर