बागमती प्रदेशका नवनियुक्त मन्त्रीको शपथ २ बजे
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ । माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल ‘शरद’ र सामजिक विकास मन्त्रालयको नेतृत्वमा कुमारी मोक्तानलाई पठाएको छ ।
त्यस्तै एमालेबाट जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र ( रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उता, राप्रपाका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै