बागमती प्रदेशका नवनियुक्त मन्त्रीको शपथ २ बजे
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ । माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल ‘शरद’ र सामजिक विकास मन्त्रालयको नेतृत्वमा कुमारी मोक्तानलाई पठाएको छ ।
त्यस्तै एमालेबाट जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र ( रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उता, राप्रपाका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
-
सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण