शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘सोल्जी’ सार्वजनिक

बुधबार, ११ माघ २०७९, १७ : १७
बुधबार, ११ माघ २०७९

काठमाडौंँ । टोमा लामाको लेखन तथा निर्देशन मुगाली फिल्म ‘सोल्जी’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक फिल्म आङग्याल लामाले निर्माण गरेका हुन् । टोमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा टोमा लामा, पजग्मे तेन्जिङ तामाङ, आङ्ग्षल लामा,  बुम्क्याप तामाङ, कर्मा ठिन्दृ तामाङ, तोर्ची तामाङ लगायतको अभिनय रहेको छ ।

मुगुको कला संस्कृति भेषभुषा र रहनसहन झल्काउने उद्देश्यले फिल्म निर्माण भएको हो । फिल्मको अंग्रेजीमा सवटाइटल समेत गरिएको छ । फिल्ममा युवराज राईको छायाङ्कन र दीपक लामाको सम्पादन छ । फिल्म युट्युव अगाडि  राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवमा पनि प्रदर्शन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप