बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जीतु र साम्राज्ञीको प्रेम झल्कने ‘ह्यारी कि प्यारी’ को गीत ‘मिठो मिठो’

बुधबार, ११ माघ २०७९, १८ : ४५
बुधबार, ११ माघ २०७९

काठमाडौंँ । २० माघबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ दोस्रो गीत ‘मिठो मिठो’ सार्वजनिक भएको छ । युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर छ ।

गीतको भिडियोमा भने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जीतु नेपालको रोमान्स देख्न सकिन्छ ।

बिआर प्रोडक्सनकको ब्यानरमा निर्माण भएको फिलममा साम्राज्ञी र जीतुको अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । 

सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद फिल्ममा छ । दन्त चिकित्सक डा. रिजालले यसै फिल्मबाट निर्देशनमा होमिएका हुन् । फिलममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप