आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अवस्था ठिक नभएका सवारी साधन चलाउने १३ जना चालक कारबाहीमा

बुधबार, ११ माघ २०७९, २० : ११
बुधबार, ११ माघ २०७९

काठमाडौं । काठमाडौंको महाराजगंजमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा ७५ भन्दा बढी सवारी साधन चेक गर्दा  हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका १३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । 

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् । अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप