कर्णाली प्रदेशका सभामुखद्वारा पार्टी सदस्यता परित्याग
बुधबार, ११ माघ २०७९, २१ : ५९
सुर्खेत । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । सत्ता गठबन्धन दल नेकपा (एमाले)बाट गुरुङ यही माघ १ मा सभामुखमा निर्वाचित भएका थिए । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको प्रदेश कमिटी सदस्यबाट परित्याग गरिएको जानकारी दिइन् ।
विज्ञप्तिमा सभामुख गुरुङले भनेकी छन्, “सभामुख पदका हिसाबले साझा भूमिका रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।”
सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरिन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी बीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन रास्वपाको बैठक (तस्बिरहरू)
-
नेपाललाई स्वर्णसहित तीन पदक
-
इजरायलले इरानी वार्ताकारको हत्या गर्ने योजना बनाएको दाबी
-
दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि
-
२० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार : ज्ञानेन्द्र शाही
-
अमेरिकामा पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण