छैटौँ वार्षिकोत्सव मनाउँदै खल्ती
काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट मध्येको एक, खल्तीले आज आफ्नो छैटौँ वार्षिकोत्सव मनाइरहेको छ । नेपालीहरूको सामान्य भुक्तानी आवश्यकताहरूमा योगदान पुर्याउने लक्ष्यका साथ २०१७ मा खल्तीको सुरुवात भएको थियो ।
खल्ती, नेपालभरि दैनिक ३ लाख सम्म भुक्तानी गरिरहेका ३१ लाख प्रयोगकर्ताको साथ लिई, तीव्र गतिमा अघि बढ्दै गइरहेको वित्तीय प्रविधि स्टार्टअपको रूपमा उभिएको छ ।
छैटौँ वार्षिकोत्सवको अवसरमा खल्तीले ‘के छ, खल्ती छ’ भनी सन्देश सामाजिक सञ्जालमा भाव्य तरिकाले प्रचार गरेको छ । यस लगतै खल्तीले माघ १८ मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउँदै छ । यस प्लान अन्तर्गत अझै विशेष अफर र सुविधा प्रधान गरिने छ । साथै, खल्तीले विभिन्न सझेधारसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभआवे पनि ल्याएको छ ।
आफ्नो लक्ष्यमा अघि बढ्दै खल्तीले विभिन्न चलचित्र, चलचित्र हलहरू र कार्यक्रम टिकट को लागि विशेष रूपमा साझेदारी गरेको छ । यस प्लेटफर्महरूलाई सबैभन्दा बलियो माध्यम बनाउने क्रममा खल्तीको नयाँ आविष्कार, ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ सुरु गरिएको हो । खल्ती आफैँले पनि २०१७ मा क्यान इन्फो–टेक मार्फत यसको सुरुवात गरेको थियो र त्यो विशेष कार्यक्रममा टिकटहरूमा आफ्नो विज्ञापनहरू राख्दै पहिलो पहिचान बनाएको थियो । छ वर्षपछि, खल्तीले आज मेहनत र लगनशीलताले सम्पूर्ण प्रणालीको समर्पित संरचना गरि देशभरिका विभिन्न चलचित्र तथा कार्यक्रमहरूसँग साझेदारी गरेको देख्न सकिन्छ।
वार्षिकोत्सव बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “डिजिटल वित्तीय सेवाहरूको साथ नेपाली जीवनलाई छुने र परिवर्तन गर्न पाउँदा हामी गर्व गर्छौँ। तपाईंको निरन्तर सहयोग र विश्वासको आशा गर्दै हामी आज भन्दा भोलि राम्रो गर्दै जने प्रेरणा लिइरहने छौँ। हामी तपाईंको सुविधा र आनन्दको लागि तपाईँलाई थप नवीन र प्रभावकारी सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौँ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण