फिल्म ‘बिहे पास’ को फष्टलुक सार्वजनिक, वैशाख १ मा आउने घोषणा
काठमाडौंँ । फिल्म ‘बिहे पास’ नयाँ वर्षको अवसर पारेर अगामी वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आज विहीबार सरस्वती पूजाको अवसर पारेर फिल्मको फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको हो । सार्वजनिक फष्टलुक मध्य एक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको घाटीमा बरमाला देख्न सकिन्छ । त्यस्तै अर्काेमा भने दयाहाङ र प्रकृतिको अलवा बुद्धि तामाङ, शिशिर बाङ्देल र रविन्द्र झा पनि देखिएका छन् ।
_k97v8fEvnZ.jpg)
प्रवेश पौडेलको निर्देशन रहेको फिल्मले अन्तर्जातीय विवाहपछि जीवनमा आउने उतार–चढावलाई कथा बनाएको छ । रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा ग्याल्जेन लामा हुन् । आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको फिल्ममा आकाश बराल र सजन काफ्लेको पटकथा छ । अभिनेत्री प्रकृतीले ६ वर्षपछि अभिनयमा यसै फिल्म मार्फत कमब्याक गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण