शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘बिहे पास’ को फष्टलुक सार्वजनिक, वैशाख १ मा आउने घोषणा

बिहीबार, १२ माघ २०७९, १० : ४६
बिहीबार, १२ माघ २०७९

काठमाडौंँ । फिल्म ‘बिहे पास’ नयाँ वर्षको अवसर पारेर अगामी वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आज विहीबार सरस्वती पूजाको अवसर पारेर फिल्मको फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको हो । सार्वजनिक फष्टलुक मध्य एक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको घाटीमा बरमाला देख्न सकिन्छ । त्यस्तै अर्काेमा भने दयाहाङ र प्रकृतिको अलवा बुद्धि तामाङ, शिशिर बाङ्देल र रविन्द्र झा पनि देखिएका छन् ।

1 (1)

प्रवेश पौडेलको निर्देशन रहेको फिल्मले अन्तर्जातीय विवाहपछि जीवनमा आउने उतार–चढावलाई कथा बनाएको छ  । रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा ग्याल्जेन लामा हुन् । आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको फिल्ममा आकाश बराल र सजन काफ्लेको पटकथा छ । अभिनेत्री प्रकृतीले ६ वर्षपछि अभिनयमा यसै फिल्म मार्फत कमब्याक गर्न लागेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप