बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारको क्षमता विस्तारका लागि चलचित्र पत्रकार संघले २ दिने कार्यशाला गर्दै

बिहीबार, १२ माघ २०७९, ११ : ११
बिहीबार, १२ माघ २०७९

काठमाडौंँ । चलचित्र पत्रकार संघ नेपालले माघ १३ र १४ गते दुई दिने कार्यशाला आयोजना गर्ने भएको छ । काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजना ‘कार्यशाला तथा गोष्ठी’ मा झविन्द्र भुषालले आचारसहिंता, रङ्ग पत्रकार कृष्ण भट्टराईले पत्रकारिता हिजो र आज, फोटो पत्रकार विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षा, छायाँकार विष्णु कल्पितले दृश्य भाषा र नरेश भट्टराईले प्रस्तोता प्रस्तुति सम्बन्धी क्लास दिनेछन् । 

दुईदिने कार्यशालाले पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई लाभ दिने संघका अध्यक्ष दिनेश सिटौलाले बताए । ‘हाम्रो उद्देश्य नै विभिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई अझै दक्ष बनाउनु हो । हामी आफ्नो सदस्यको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका हुन्छौँ’, अध्यक्ष सिटौलाले भने ।  कार्यशालामा शाखाबाट समेत सहभागिता रहने संगठन उपाध्यक्ष कुवेर डंगोलले जानकारी दिए । उनले मोफसलमा रहेर रङ्ग पत्रकारिता गरिरहेकालाई यस किसिमको कार्यशालाले क्षमता बढाउन मदत गर्ने विश्वास व्यक्त गरे । 

संघकै कार्यक्रम उपाध्यक्ष जीवन पराजुलीले कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । ‘हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।  यसपटक काठमाडौंमै आयोजना गरिएको कार्यशालामा भिन्न भिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई उपयोगी हुने कक्षा तथा गोष्ठीको आयोजना गरेका छौं, उपाध्यक्ष पराजुलीले भने ।  कार्यक्रममा पूर्व अध्यक्षहरू विदुर गिरी, शान्तिप्रियले सङ्घको महत्व र आवश्यकताको विषयमा छलफल गर्नेछन् । यसको सहजकर्ताको रुपमा पत्रकार डब्बु क्षेत्री रहनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप