शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ज्याकी : आइएम ट्वान्टी वान’ वैशाख २१ मा रिलिज हुने

बिहीबार, १२ माघ २०७९, १६ : २१
बिहीबार, १२ माघ २०७९

काठमाडौंँ । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको फिल्म ‘ज्याकी : आइएम ट्वान्टी वान’   अगामी वैशाख २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था आइकोर फिल्मस्ले बिहीबार सरस्वती पूजाको अवसर पारेर फिल्मको निर्माण तिमी सार्वजनिक गरेको हो ।

रेनशा राई राणाको निर्देशन रहेको फिल्म पहिले ‘आइएम ट्वान्टी वान’ राखिएको थियो । अहिले भने नामको अगाडि ‘ज्याकी’ थपिएको छ । लक्षित उमेर समुहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शिर्षक आइएम ट्वान्टी वानको अगाडि ‘ज्याकी’ थपिएको निर्देशक राणाले जानकारी दिए ।

फिलममा धिरज ज्याकीको भूमिका छन्, भने जसिता उनकी प्रेमीकाको । फिल्ममा अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप