बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीले पनि लोकसेवा लड्न पाउने

बिहीबार, १२ माघ २०७९, १८ : ३८
बिहीबार, १२ माघ २०७९

काठमाडौं । स्थानीय सेवा अन्तर्गत ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरुले समेत संघीय लोक सेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशमार्फत स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् । 

लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भनी आदेश दिएको थियो । 

उक्त आदेश कार्यान्वयन गर्ने सिलसिलामा लोक सेवा आयोगले रिट दायर गर्ने १० जनालाई उमेर हद नलगाई सात दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको छ । आदेश कार्यान्वयन गर्ने सिलसिलामा पछि सर्वोच्चबाट अन्तिम फैसला वा आदेश भए बमोजिम हुने गरी हाललाई उनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । 

उनीहरूले आज १२ माघ देखि १८ माघसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ । 

सर्वोच्चको अन्तरिम आदेशसँगै कञ्चनपुर वेदकोट नगरपालिका–८ घर भई हाल भिमदत्त नगरपालिकामा सामान्य प्रशासन समूह सहायकस्तर पाँचौ तहमा कार्यरत दिनेशराज भट्ट लगायतका १० जना शाखा अधिकृतहरूले आवेदन दिन पाएका छन् ।

 

l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप