स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीले पनि लोकसेवा लड्न पाउने
काठमाडौं । स्थानीय सेवा अन्तर्गत ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरुले समेत संघीय लोक सेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशमार्फत स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् ।
लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भनी आदेश दिएको थियो ।
उक्त आदेश कार्यान्वयन गर्ने सिलसिलामा लोक सेवा आयोगले रिट दायर गर्ने १० जनालाई उमेर हद नलगाई सात दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको छ । आदेश कार्यान्वयन गर्ने सिलसिलामा पछि सर्वोच्चबाट अन्तिम फैसला वा आदेश भए बमोजिम हुने गरी हाललाई उनीहरूलाई आवेदन दिन आह्वान गरेको हो ।
उनीहरूले आज १२ माघ देखि १८ माघसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
सर्वोच्चको अन्तरिम आदेशसँगै कञ्चनपुर वेदकोट नगरपालिका–८ घर भई हाल भिमदत्त नगरपालिकामा सामान्य प्रशासन समूह सहायकस्तर पाँचौ तहमा कार्यरत दिनेशराज भट्ट लगायतका १० जना शाखा अधिकृतहरूले आवेदन दिन पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण