सुकुम्बासी समस्या समाधानका विषयमा गृहमन्त्री लामिछाने र मेयर शाहबीच छलफल
बिहीबार, १२ माघ २०७९, २० : ५३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।
केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा
-
‘कर्णालीका छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन आवश्यक’
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का