टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने
पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का बनाएको हो । २५–१३, २५–१७ र २५–२१ ले गण्डकी एपिएफसामु स्तब्ध बनेको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको आर्मी २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनलमा पुगेको हो । तृतीय स्थानका लागि गण्डकी प्रदेश र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । आइतबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत पुरुषतर्फका सेमिफाइनल खेल शुक्रबार हुनेछन् ।
पहिलो खेल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दोस्रो खेलमा फाइनलका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता छ । पुरुषतर्फ श्रीलङ्काको एसटी जोसेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ ।
टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित उक्त प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ उपाधि विजेतालाई रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितमा तेस्रो हुनेलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ । महिला र पुरुष दुवैतर्फको फाइनल खेल शनिबार हुने आयोजक संस्थाका सचिव डिबी नेपालीले जानकारी दिए । गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण