हिमपात र वर्षाले जुम्लाका किसान हर्षित

जुम्ला । दुई दिनसम्म परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि यहाँका किसानहरु हर्षित भएका छन् । मङ्गलबार र बुधबार परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली तथा स्याउका बिरुवालाई राहत हुने भएपछि किसानहरु हर्षित भएका हुन् । आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए ।
सिँचाइको अभावले हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको स्थानीय बताउछन् । समयमा पानी नपर्दा गहुँ, जौ तथा बेमौसमी तरकारीलगायतका बाली सुकेर किसानहरु चिन्तित भएका थिए । जुम्लालगायत माथिल्लो कर्णालीमा भएको भारी हिमपातका कारण हवाई सेवा बन्द हुदाँ यात्रुलाई सास्ती भएको थियो ।
जुम्ला विमानस्थलमा जमेको हिउँ बिहीबार बिहानदेखि नेपाली सेना, प्रहरी र सशस्त्र बले हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको नागरिक उडान प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ । जिल्लाको उच्च भेगमा करिब दुईदेखि तीन फिटसम्म हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । बिहीबारदेखि मौसम सफा भएपछि विस्तारै जाडो कम हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा
-
बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन